सोमबार, मंसिर ८, २०८२

बलिउडका चर्चित गायक-गायिका एक गीतको कति पारिश्रमिक लिन्छन् ?

मेरोन्यूज २०८० असार ८ गते १६:४१

काडमाडौं । चलचित्र सफल हुनुको एउटा महत्त्वपूर्ण कारण गीत-संगीत मानिन्छ। । गीत हटाइयो भने फिल्म नै अधुरो देखिन्छ । कयौं पटक फिल्मको स्क्रिप्ट कमजोर भए तापनि त्यसका गीतहरूले दर्शकलाइ हलसम्म डाेर्याउँछन् ।

हिन्दी फिल्म उद्योगमा धेरै गायकहरु छन् जसको कारणले तपाईको विशेष पलहरु यादगार बन्छन् । तपाइँसँग धेरै मनपर्ने गायकहरू हाेलान् जसले तपाइँलाइ मनोरञ्जन दिन्छन् । तपाइँलाई जिज्ञाशा हुन सक्छ कि उनीहरूले गीत गाएकाे कति शुल्क लिन्छन् ? त्यसैले जान्नुहाेस् कुन गायक-गायिकाले कति पारिश्रमिक लिन्छन् ?

अरिजित सिंह
अरिजित सिंह सुन्दर आवाजका मालिक हुन् । उनकाे आवाजले सबैलाइ मादक बनाउँछ । भारतीय सञ्चारमाध्यमका अनुसार गायक अरिजितले एउटा गीतको लागि १५ लाख रुपैयाँ भारू सम्म पारिश्रमिक लिने गरेका छन् ।

नेहा कक्कड
गायिका नेहा कक्कडले आफ्नो करियर रियालिटी शोबाट सुरु गरेकी थिइन् र आज उनी गायन उद्योगमा एक चर्चित नाम हुन् । नेहा एक गीतको १० देखि १५ लाख भारु लिन्छिन् ।

बादशाह
र्‍यापर तथा गायक बादशाह गायन जगतमा चर्चित नाम हुन् । बादशाहको र्‍याप र आवाज धेरै फिल्ममा पनि सुनिने गर्छ । मिडिया रिपोर्टका अनुसार उनी एउटा गीतका लागि २० लाखसम्म पारिश्रमिक लिन्छन् ।

श्रेया घोषाल
गायिका श्रेया घोषालको स्वरले विश्व चकित छ । उनी विगत २२–२३ वर्षदेखि बलिउडमा गीत गाइरहेकी छिन् । श्रेयाले एउटा गीतका लागि २५ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् ।

सुनिधि चौहान
सुनिधि चौहानको स्वरमा जादू छ । उनले उद्योगलाई एकपछि अर्को सुपरहिट गीत दिएकी छिन् । सुनिधिले एउटा गीतको १० देखि १५ लाख रुपैयाँ लिन्छिन् ।

त्यस्तै मीका सिंह एक गीतका लागि ११ लाख रुपैया सम्म लिने गर्छन् । हनी सिंह एक गाएको १०-१५ लाख रुपैया भारु सम्म लिन्छन् ।

त्यस्तै सोनु निगमले एउटै गितका लागि ९-१० लाख भारु सम्म पारिश्रमिक लिने गरेको बताइएको छ ।

प्रतिक्रिया