बलिउडका चर्चित गायक-गायिका एक गीतको कति पारिश्रमिक लिन्छन् ?

काडमाडौं । चलचित्र सफल हुनुको एउटा महत्त्वपूर्ण कारण गीत-संगीत मानिन्छ। । गीत हटाइयो भने फिल्म नै अधुरो देखिन्छ । कयौं पटक फिल्मको स्क्रिप्ट कमजोर भए तापनि त्यसका गीतहरूले दर्शकलाइ हलसम्म डाेर्याउँछन् ।
हिन्दी फिल्म उद्योगमा धेरै गायकहरु छन् जसको कारणले तपाईको विशेष पलहरु यादगार बन्छन् । तपाइँसँग धेरै मनपर्ने गायकहरू हाेलान् जसले तपाइँलाइ मनोरञ्जन दिन्छन् । तपाइँलाई जिज्ञाशा हुन सक्छ कि उनीहरूले गीत गाएकाे कति शुल्क लिन्छन् ? त्यसैले जान्नुहाेस् कुन गायक-गायिकाले कति पारिश्रमिक लिन्छन् ?
अरिजित सिंह
अरिजित सिंह सुन्दर आवाजका मालिक हुन् । उनकाे आवाजले सबैलाइ मादक बनाउँछ । भारतीय सञ्चारमाध्यमका अनुसार गायक अरिजितले एउटा गीतको लागि १५ लाख रुपैयाँ भारू सम्म पारिश्रमिक लिने गरेका छन् ।
नेहा कक्कड
गायिका नेहा कक्कडले आफ्नो करियर रियालिटी शोबाट सुरु गरेकी थिइन् र आज उनी गायन उद्योगमा एक चर्चित नाम हुन् । नेहा एक गीतको १० देखि १५ लाख भारु लिन्छिन् ।
बादशाह
र्यापर तथा गायक बादशाह गायन जगतमा चर्चित नाम हुन् । बादशाहको र्याप र आवाज धेरै फिल्ममा पनि सुनिने गर्छ । मिडिया रिपोर्टका अनुसार उनी एउटा गीतका लागि २० लाखसम्म पारिश्रमिक लिन्छन् ।
श्रेया घोषाल
गायिका श्रेया घोषालको स्वरले विश्व चकित छ । उनी विगत २२–२३ वर्षदेखि बलिउडमा गीत गाइरहेकी छिन् । श्रेयाले एउटा गीतका लागि २५ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् ।
सुनिधि चौहान
सुनिधि चौहानको स्वरमा जादू छ । उनले उद्योगलाई एकपछि अर्को सुपरहिट गीत दिएकी छिन् । सुनिधिले एउटा गीतको १० देखि १५ लाख रुपैयाँ लिन्छिन् ।
त्यस्तै मीका सिंह एक गीतका लागि ११ लाख रुपैया सम्म लिने गर्छन् । हनी सिंह एक गाएको १०-१५ लाख रुपैया भारु सम्म लिन्छन् ।
त्यस्तै सोनु निगमले एउटै गितका लागि ९-१० लाख भारु सम्म पारिश्रमिक लिने गरेको बताइएको छ ।


















गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया