काठमाडौं महानगरका प्रमुख साहविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको निवेदन परेको छ।
आइतबार नगरप्रमुख साहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले निवेदन दिएकी हुन्। उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ।
प्रमुख साहले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा अदालत र सरकार भारतको गुलाम भएको टिप्पणी गरेका थिए। हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि शाहले सामाजिक सञ्जाल फेसबुकमा कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गरेका थिए।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन,’ प्रमुख साहले लेखेका थिए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया