शनिबार, वैशाख २६, २०८३

काठमाडौं महानगरका प्रमुख साहविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

मेरोन्यूज २०८० असार १० गते १३:११


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको निवेदन परेको छ।

Advertisement
NiccNicc

आइतबार नगरप्रमुख साहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले निवेदन दिएकी हुन्। उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ।

प्रमुख साहले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा अदालत र सरकार भारतको गुलाम भएको टिप्पणी गरेका थिए। हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि शाहले सामाजिक सञ्जाल फेसबुकमा कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गरेका थिए।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन,’ प्रमुख साहले लेखेका थिए ।

प्रतिक्रिया