गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आँशिक बदली रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भूभागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ।
राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ।
महाशाखाले मुलुकभरका केही स्थानमा भारी र अन्य स्थानमा सामान्य वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने बताएको छ । भारी वर्षा र मेघगर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया