अमेरिकामाथि जिम्बाव्वे हाबीः खेल जित्न ४०९ रनको लक्ष्य प्रस्तुत
मेरोन्यूज
२०८० असार ११ गते १६:३६

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बाव्वे र अमेरिकाको खेल जारी छ । खेल हरारे स्पोर्टस् क्लबमा भएको हो ।
लगातार तीन खेलमा जितसहित सुपर सिक्समा पुगेको जिम्बावे आजको खेलमा जित निकाल्दै अपराजित रुपमा दोस्रो चरणमा पुग्ने देखिएको छ ।
जिम्बाव्वेले कमजोर टिम अमेरिकालाई ४०९ रनको लक्ष्य दिएको छ । खेलमा ६ विकेट गुमाउँदै जिम्बाव्वेले ४०८ रन बनाएको हो ।
जिम्बाव्वेका लागि सेन विलियम्सले १०१ बल खेल्दै सर्वाधिक १७४ रन बनाए । उनले २१ चौका र ५ छक्का प्रहार गरे । जोयलर्ड गुम्बियाले १०३ बल खेल्दै ७८ रन बनाए । उनले पाँच चौका प्रहार गरे । अन्य खेलाडीले ठूलो रन बनाउन सकेनन् ।
सम्बन्धित
















उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया