मंगलबार, वैशाख २२, २०८३

गोरखामा भिरबाट लडेर गुरुङको मृत्यु

मेरोन्यूज २०८० असार १२ गते ७:३२

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जंगलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जंगलमा सोमबार मृतावस्थामा फेला परेको जानकारी दिए ।

Advertisement
NiccNicc

‘परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जङ्गलमा रहेको बिखुरे भिरमा गुरुङको शव भेटिएको हो”, लामिछानेले भने, ‘घटनाको प्रकृति हेर्दा भिरबाट लडेर ज्यान गएको देखिन्छ ।’

मृतकको शव उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । गुरुङ काठ लिएर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताए ।

प्रतिक्रिया