जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले जिल्ला निर्वाचन कार्यालयहरु कायमै राख्ने प्रतिवद्धता जनएको छ । निर्वाचन आयोगको स्वतन्त्रलाई कमी हुन नदिने सरकारले बताएको छ ।
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाईका रुपमा राख्ने गरी बजेटमा गरिएको व्यवस्थाबाट पछि हटेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाईका रुपमा राख्ने बजेटमा राखेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार संसद अवरुद्ध गरेका थिए । मंगलबार नै बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा. महतले निर्वाचनको स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने बताए ।
सरोकारवालाहरुसँग छलफलपछि जिल्ला निर्वाचन कार्यालयलाई कायमै राख्ने पक्षमा सरकार पुगेको बताउँदै अर्थमन्त्री डा. महतले खारेजी हुँदैन, जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरी नै रहन्छ भन्ने प्रतिबद्धता जनाए ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया