सर्वोच्चमा ६, उच्चमा ४१ न्यायाधीश रिक्त
न्यायपरिषद्द्वारा अपूरो नियुक्ति तयारी

काठमाडौँ । सर्वोच्च र उच्च अदालतमा ठूलो मात्रामा न्यायाधीश पद रिक्त भए पनि न्यायपरिषद्ले अपूरो नियुक्ति नियुक्तिको तयारी गरेको छ । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि बुधबार बोलाइएको न्यायपरिषद् बैठकले अपूरो नियुक्तिको तयारी गरेको हो ।
परिषद् बैठकबाट उच्चमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्ने तयारी छ ।
न्यायाधीश नियुक्तिका लागि सोमबार बसेको परिषद् बैठक विवादका कारण निर्णय लिन सकेको थिएन । भागबन्डाको राजनीतिले लामो समयदेखि न्यायाधीश नियुक्ति अवरुद्ध हुँदै आएको छ ।
परिषद्ले गत वर्ष साउनमा उच्च अदालतमा २७ न्यायाधीशका लागि आवेदन आह्वान भएको थियो । आवेदन परेकोबाट संक्षिप्त सूचीसमेत तयार भइसकेको छ । त्यसलाई अन्तिम रूप दिन बाँकी छ ।
सहमति जुटे सर्वोच्चमा पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । हाल सर्वोच्चमा ६ न्यायाधीशको दरबन्दी रिक्त छ । उच्चमा ४१ जना न्यायाधीशको पद रिक्त छ ।
पहिलोपटक परिषद्ले न्यायाधीश नियुक्तिको निर्देशिकाअनुसार उच्चको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको छ ।
परिषद्ले १० साउन ०७९ मा संविधान, न्यायपरिषद् ऐन र न्यायाधीश नियुक्तिको मापदण्डबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १० दिनभित्र विवरण पेस गर्न सूचना निकालेको थियो । त्यसमा अढाई सयभन्दा बढी इच्छुक देखिएका थिए । सूचीमा रहेकामध्ये अन्तिम सूची प्रकाशित भएको छैन ।
नेपाल बार एसोसिएसनले उच्चमा न्यायाधीश नियुक्ति गर्दा कानुन व्यवसायी पृष्ठभूमिबाट पनि न्यायाधीश नियुक्ति गर्न सुझाएको छ ।
बारकी महासचिव अञ्जिता खनालले मंगलबार विज्ञप्ति जारी गर्दै उच्चमा न्यायाधीश नियुक्त गर्दा कानुन व्यवसायीहरूको पनि सम्मानजनक संख्या हुनुपर्ने माग गरेकी छिन् ।
पूर्वन्यायाधीश फोरमले पनि नियुक्तिमा राम्रा न्यायाधीश ल्याउन सुझाव दिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई शुभकामना दिँदै फोरमले मंगलबार जाँदाजाँदै राम्रो काम गरी बिदा हुन सुझाएको पूर्वन्यायाधीश एकराज आचार्यले बताए ।

















बेलिब्रिज भाँचिदा अरुण नदीमा खस्यो निर्माण सामग्री बोकेको ट्रक
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
प्रतिक्रिया