सरकारको लापर्बाहीले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय हुने अवस्थामा

काठमाडौँ । सरकारको लापर्बाहीले मिटरब्याजपीडितलाई न्याय दिन ल्याएको अध्यादेश निष्क्रिय हुने स्थितिमा पुगेको छ । आगामी बुधबार २० असारमा अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रतिनिधिसभाबाट पास नभएमा अध्यादेश निष्क्रिय हुनेछ ।
सरकारको लापर्बाहीले प्रतिनिधि सभामा पेस गर्न ढिला भएकाले अध्यादेश निष्क्रिय हुने अवस्थामा पुगेको हो ।
२० वैशाख २०८० मा सरकारले अध्यादेश ल्याएको थियो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न, घरसारमा हुने लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था अध्यादेशमा छ ।
अध्यादेश प्रतिनिधि सभाबाट गत वैशाख २७ र राष्ट्रियसभाबाट गत ५ जेठमा स्वीकृत भएको थियो । दुवै सभाबाट स्वीकृत भएको अध्यादेशमा भएको प्रावधानलाई निरन्तरता दिन प्रतिस्थापन विधेयक ल्याउनुपर्ने कानुनी व्यवस्था छ ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक ६० दिनभित्र राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा ११४ मा ६० दिनभित्र प्रमाणीकरण नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक छलफलका लागि आइतबार संसदमा प्रस्तुत गरेका थिए । संसदमा सैद्धान्तिक छलफलको क्रममा अन्तिम समयमा विधेयक ल्याएकोमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेपछि मन्त्री गुरुङले माफी मागेका थिए ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया