आइतबार, वैशाख २७, २०८३

संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने सरकारको तयारी

मेरोन्यूज २०८० असार १८ गते ११:५५


काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय शिक्षा ऐन मन्त्रिपरिषद्को समितिमा छलफलको क्रममा रहेको र त्यहाँबाट मन्त्रिपरिषद्मा फर्किपछि संसद्मा प्रस्तुत गर्ने जानकारी दिए ।

Advertisement
NiccNicc

‘मन्त्रिपरिषदकै समितिमा छलफलमा रहेको संघीय शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गरिन्छ,’ गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने।

संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने जानकारी उनले दिए ।

प्रतिक्रिया