जया छन्त्यालको ‘मुटु खाने भो’मा दुर्गेश र दिवान्सी (भिडियाे)
काठमाडौँ। गायिका जया छन्त्याल पुन र गायक नविन रानाको स्वरमा रहेको ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बाग्लुङको धम्जामा जन्मे हुर्केकी गायिका जया छन्त्याल पुनको प्रस्तुतीमा तयार सार्वजनिक गीतमा प्रलाद शुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ ।
एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको छ । भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडियोले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । जसमा माया प्रेममा आउने उतार चढावलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
भिडियोको छायाकंन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन र कलर मनोज कार्कीले गरेका हुन् । गायिका पुनका यसअघि झ्याम्मै बस्यो साईली, बाग्लुङ पञ्चकोट, लगायतका डेढ दर्जन बढी गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक गीतको भिडियो पनि गायिका पुनकै अफिसियल च्यानल जया छन्त्याल पुनबाट बजारमा आएको हो ।


















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया