प्रधानन्यायाधीश कार्की र कानुनमन्त्री गुरुङबीचको असमझदारीले रोकियो न्यायाधीश नियुक्ति

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङबीचको असमझदारीले न्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको छ ।
न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश कार्की र पदेन सदस्य कानुनमन्त्री गुरुङबीच अधिवक्ताहरूलाई सर्वोच्चमा न्यायाधीश राख्ने कि नराख्ने भन्नेमा असमझदारी हुँदा न्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको हो ।
जसका कारण सर्वोच्चमा ६ र उच्चमा ४२ न्यायाधीश नियुक्ति कहिले हुने भन्ने अन्यौलता सृजना भएको छ ।
स्रोतका अनुसार कानुनमन्त्री गुरुङ भने अधिवक्ताहरूलाई न्यायाधीश नबनाउने पक्षमा छन् । प्रधानन्यायाधीश कार्की कानुन व्यवसायीबाट पनि न्यायाधीश बनाउने पक्षमा छन् ।
न्यायपरिषद्का अन्य सदस्यहरू सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पनि अधिवक्तालाई सर्वोच्चमा न्यायाधीश नबनाउने पक्षमा देखिन्छन् । अर्थात उनको साथ कानुनमन्त्री गुरुङलाई छ ।
कानुन व्यवसायीको पृष्ठभूमिबाट न्यायपरिषद्मा नियुक्त भएका बाँकी दुई सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी अधिवक्ताहरूलाई पनि न्यायाधीश बनाउने लबिइङमा छन् । प्रधानन्यायाधीश कार्की पनि कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए ।
न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा, ‘करिअर जज’ तथा अधिवक्ताहरूको आकांक्षा सम्बोधन न्यायपरिषद्ले गर्नुपर्ने छ ।
प्रधानन्यायाधीश कार्कीले दुई पटक न्यायपरिषद्को बैठक बोलाए पनि न्यायाधीश नियुक्तिको सिफारिस हुन सकेन ।
प्रधानन्यायाधीश बनेपछि कार्कीले जेठ २१ मा राखेको परिषद् बैठकमा न्यायाधीश सिफारिस सम्बन्धमा पदाधिकारीबीच सहमति जुट्न सकेन ।
अर्को बैठक असार ११ गते बस्यो । त्यो बैठकमा प्रधानन्यायाधीश कार्की र कानुनमन्त्री गुरुङबीचको संवादले न्यायाधीश नियुक्तिमा थप अन्यौल सृजना भएको निकटस्थ स्रोत बताउँछ । परिषद्का एक सदस्यले त्यस दिन बैठकमा कार्कीले बहुमतबाटै न्यायाधीश नियुक्ति गर्न चाहेको तर कानुनमन्त्री गुरुङले प्रधानन्यायाधीश कार्कीको त्यो प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।
कार्कीले सहमति नहुँने भएपछि बुहमतबाट निर्णय गर्ने प्रस्ताव राखेका थिए । तर, गुरुङले बहुमत र अल्पमतमा जानु राम्रो हुन्न भनेर अस्वीकार गरेका थिए । त्यसपछि मन्त्री र प्रधानन्यायाधीशबीच परिषद्को बैठक बोलाउने विषयमै कुरा मिल्न नसकेको परिषद् स्रोत बताउँछ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया