प्रधानन्यायाधीश कार्की र कानुनमन्त्री गुरुङबीचको असमझदारीले रोकियो न्यायाधीश नियुक्ति

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङबीचको असमझदारीले न्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको छ ।
न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश कार्की र पदेन सदस्य कानुनमन्त्री गुरुङबीच अधिवक्ताहरूलाई सर्वोच्चमा न्यायाधीश राख्ने कि नराख्ने भन्नेमा असमझदारी हुँदा न्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको हो ।
जसका कारण सर्वोच्चमा ६ र उच्चमा ४२ न्यायाधीश नियुक्ति कहिले हुने भन्ने अन्यौलता सृजना भएको छ ।
स्रोतका अनुसार कानुनमन्त्री गुरुङ भने अधिवक्ताहरूलाई न्यायाधीश नबनाउने पक्षमा छन् । प्रधानन्यायाधीश कार्की कानुन व्यवसायीबाट पनि न्यायाधीश बनाउने पक्षमा छन् ।
न्यायपरिषद्का अन्य सदस्यहरू सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पनि अधिवक्तालाई सर्वोच्चमा न्यायाधीश नबनाउने पक्षमा देखिन्छन् । अर्थात उनको साथ कानुनमन्त्री गुरुङलाई छ ।
कानुन व्यवसायीको पृष्ठभूमिबाट न्यायपरिषद्मा नियुक्त भएका बाँकी दुई सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी अधिवक्ताहरूलाई पनि न्यायाधीश बनाउने लबिइङमा छन् । प्रधानन्यायाधीश कार्की पनि कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए ।
न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा, ‘करिअर जज’ तथा अधिवक्ताहरूको आकांक्षा सम्बोधन न्यायपरिषद्ले गर्नुपर्ने छ ।
प्रधानन्यायाधीश कार्कीले दुई पटक न्यायपरिषद्को बैठक बोलाए पनि न्यायाधीश नियुक्तिको सिफारिस हुन सकेन ।
प्रधानन्यायाधीश बनेपछि कार्कीले जेठ २१ मा राखेको परिषद् बैठकमा न्यायाधीश सिफारिस सम्बन्धमा पदाधिकारीबीच सहमति जुट्न सकेन ।
अर्को बैठक असार ११ गते बस्यो । त्यो बैठकमा प्रधानन्यायाधीश कार्की र कानुनमन्त्री गुरुङबीचको संवादले न्यायाधीश नियुक्तिमा थप अन्यौल सृजना भएको निकटस्थ स्रोत बताउँछ । परिषद्का एक सदस्यले त्यस दिन बैठकमा कार्कीले बहुमतबाटै न्यायाधीश नियुक्ति गर्न चाहेको तर कानुनमन्त्री गुरुङले प्रधानन्यायाधीश कार्कीको त्यो प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।
कार्कीले सहमति नहुँने भएपछि बुहमतबाट निर्णय गर्ने प्रस्ताव राखेका थिए । तर, गुरुङले बहुमत र अल्पमतमा जानु राम्रो हुन्न भनेर अस्वीकार गरेका थिए । त्यसपछि मन्त्री र प्रधानन्यायाधीशबीच परिषद्को बैठक बोलाउने विषयमै कुरा मिल्न नसकेको परिषद् स्रोत बताउँछ ।









यु–१९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाइ आक्रमण जारी
एमाले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट प्रेम बहादुर गुरुङ भिड्दै
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, २५ सय सुरक्षाकर्मी तैनाथ
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया