एसईई प्रमाण पत्रमा नाम, थर र जन्ममिति फरक परे ६ महिनाभित्र सच्याउन सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति फरक परेर सच्याउन परेमा नतिजा प्रकाशित भएको मितिले ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार ६ महिनाभित्र सच्याउन सकिने परीक्षा बोर्डले जनाएको छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिने र निवेदनउपर प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा बोर्डले नाम, थर र जन्ममिति सच्याउने परीक्षा बोर्डले जनाएको छ ।
यदि छ महिना ढिला भएको अवस्थामा प्रजिअले पनि फैसला पर्चा बनाउन नमिल्ने नियममा उल्लेख छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अहिलेको अवस्थामा प्रमाणपत्र पाएको ६ महिनामा सच्याउन सकिने बताए । ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ । त्यसैले यदि कसैको सच्याउन पर्ने भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा र सिफारिस लिएर आउनु हुन अनुरोध छ ।’
यदि कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउन सक्ने उनले बताए ।
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया