कांग्रेसमा बेथिति
तरुण दल र महिला संघमा नेताका छोराछोरी र आफन्तलाई मौका

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नर्सरी मानिने तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघ लामो समयदेखि निस्क्रिय थिए । केही दिन अघिमात्रै तरुण दल र महिला संघका तदर्थ समिति विस्तार भएका छन् । विस्तार हुँदा संगठनका लागि सक्रियलाई होइन, नेताका छोराछोरी र आफन्तलाई समितिमा पारिएको छ । जसको चर्को विरोध भइरहेको छ ।
कांग्रेस सभापति देउवाले ३० जेठमा महिला संघको र तरुण दलको १३ असारमा तदर्थ समितिलाई पूर्णता दिइएको हो ।
तरुण दलमा देउवाले विद्वान गुरुङलाई २०७८ चैत ९ गते तदर्थ समितिको अध्यक्ष बनाएका थिए भने महिला संघमा गत साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई तदर्थ समितिको अध्यक्ष बनाएका थिए ।
तरुण दलको कार्यसमिति विस्तारमा विधान नै मिचिएको छ । तरुण दलको केन्द्रीय समिति विधानतः ९५ सदस्यीय हुने व्यवस्था छ । तर, भागबण्डा मिलाउन ४०० सदस्यीय बनाइएको छ ।
कांग्रेसको युवा संगठन तरुण दलले अध्यक्ष पाएको १५ महिनापछि कार्यसमिति पाउँदा केन्द्रीय समितिमा अटाउनु पर्ने अटाएनन्, बरु नेताका छोराछोरी र नातेदारले राम्रो स्थान पाए ।
तरुण दलको कार्यसमितिमा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौला, गोपालमान श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, ईश्वरी न्यौपानेका छोरा सरोज न्यौपाने केन्द्रीय सदस्य बनेका छन् ।
नेता विमलेन्द्र निधिका भतिजा मानवेन्द्र निधिले पनि तरुण दलको केन्द्रीय सदस्यमा स्थान पाएका छन् ।
शहरी विकासमन्त्री सीता गुरुङको स्वकीय सचिव हेमन्त गुरुङ, भारतका लागि नेपाली राजदूत शंकर शर्मामा छोरा सरिन घिमिरे, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष आस्था विन्दु मल्ल पनि तरुण दलमा समेटिएका छन् ।
यौनिक अल्पसंख्यक भूमिका श्रेष्ठ पनि केन्द्रीय सदस्य बनेकी छन् ।
तरुण दलमा मात्रै होइन, महिला संघमा पनि नेताकै आफन्तले स्थान पाएका छन् । ५२ सदस्य बनाउँदा पूर्व उपसभापति विमलेन्द्र निधिले आफना् आफन्तहरूलाई केन्द्रीय समितिमा पार्न सफल भएका छन् ।
निधिले सिन्धुलीकी जेठीसासु दिपशिखा ढकाल र महोत्तरीकी भाञ्जी निनु कर्णलाई केन्द्रीय समितिमा समेटेका छन् ।
महिला संघमा अर्को अचम्म के भएको छ भने कांग्रेसले पर्साका पूर्व पार्टी सभापति अजय द्विवेदीलाई गत संघको निर्वाचनमा बागी उठेको भन्दै कारबाही गरेको थियो । उनै द्विवेदीकी श्रीमति शुष्मा तिवारीलाई महिला संघमा केन्द्रीय सदस्य बनाएको छ ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
प्रतिक्रिया