६० लाख पासपोर्ट छाप्ने निर्णय भएर टेन्डरको प्रक्रियामा छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्ले ६० लाख पासपोर्ट छपाइको निर्णय गरेर अब टेण्डरको प्रक्रियामा रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री साउदले मुलुकलाई पासपोर्टको अभाव खड्किन नदिनका लागि ५ वर्षका लागि ६० लाख पासपोर्ट छपाइको निर्णय भएको जानकारी दिएका हुन् ।
‘पासपोर्ट जुनसुकै बेला पनि अभाव हुनसक्ने गर्न हुन्न भनेर लामो अवधिका लागि पासपोर्ट छपाइ गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ मन्त्री साउदले भने, ‘पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको छ । यो निर्णय अब टेन्डरको प्रक्रियामा जानकारी समितिलाई गराउँदछु ।’
मन्त्री साउदले खाली रहेका राजदूतावास र नियोगहरूमा राजदूत नियुक्तिका लागि प्रक्रिया थालिने जानकारी दिएका छन् । उनले केही दिनमा नै राजदूत नियुक्तिको प्रक्रिया टुंगोमा पुगिने बताएका हुन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया