आइतबार, वैशाख २७, २०८३

६० लाख पासपोर्ट छाप्ने निर्णय भएर टेन्डरको प्रक्रियामा छ : परराष्ट्रमन्त्री

मेरोन्यूज २०८० असार २५ गते १३:३१

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्ले ६० लाख पासपोर्ट छपाइको निर्णय गरेर अब टेण्डरको प्रक्रियामा रहेको बताएका छन् ।

Advertisement
NiccNicc

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री साउदले मुलुकलाई पासपोर्टको अभाव खड्किन नदिनका लागि ५ वर्षका लागि ६० लाख पासपोर्ट छपाइको निर्णय भएको जानकारी दिएका हुन् ।

‘पासपोर्ट जुनसुकै बेला पनि अभाव हुनसक्ने गर्न हुन्न भनेर लामो अवधिका लागि पासपोर्ट छपाइ गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ मन्त्री साउदले भने, ‘पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको छ । यो निर्णय अब टेन्डरको प्रक्रियामा जानकारी समितिलाई गराउँदछु ।’

मन्त्री साउदले खाली रहेका राजदूतावास र नियोगहरूमा राजदूत नियुक्तिका लागि प्रक्रिया थालिने जानकारी दिएका छन् । उनले केही दिनमा नै राजदूत नियुक्तिको प्रक्रिया टुंगोमा पुगिने बताएका हुन् ।

प्रतिक्रिया