बिहीबार, वैशाख २४, २०८३

पत्नीशोकमा परेका प्रधानमन्त्रीलाई राष्ट्रपतिको समवेदना

मेरोन्यूज २०८० असार २७ गते ११:५२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालप्रति राष्ट्रपति रामचन्द्र पौडेलले समवेदन व्यक्त गरेका छन् ।

Advertisement
NiccNicc

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनबाट आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गरको उनको सचिवालयले जनाएको छ।

विभिन्न दलका शीर्ष नेताहरूले पति सीताप्रति श्रद्धाञ्जली व्यक्त गरेका गरेका छन् । पत्नीशोकमा रहेका प्रधानमन्त्री दाहाललाई समवेदना व्यक्त गरेका छन्।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दाहालको निधनले स्तब्ध भएको बताएका छन्। उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दाहालको निधनले निकै दुःखी भएको बताएका छन्।

प्रतिक्रिया