काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्ति परीक्षाको आवेदन
मेरोन्यूज
२०८० असार २८ गते ८:००

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।
काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०।०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।
महानगरले आज सूचना प्रकाशित गरि आवेदन मागेको हो ।
आवेदन असार २८ गते बिहीबार बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट (entrance.kathmandu.gov.np) मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने महानगरले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया