दुई राष्ट्रसंघीय स्थायी नियोग र पाँच मुलुकमा राजदूत खाली, नियुक्तिको तयारीमा सरकार

काठमाडौँ । पाँच दूतावास र दुईवटा संयुक्त राष्ट्रसंघीय नियोग नेतृत्वविहीन छन् । न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग तथा युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत रिक्त छन् । त्यहाँ रहेका राजदूतहरू कार्यकाल सकिएर फर्किएका हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, क्यानडाका भृगु ढुंगाना, कुवेतका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल सकिएर फिर्ता भएका हुन् । उनीहरू सबे परराष्ट्र सेवाका सहसचिव हुन् ।
खाली भएका स्थानमा सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आगामी बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
रिक्त स्थान सहसचिव राजदूलको कार्यकाल सकिएर फिर्ता भएकाले सहसचिवलाई नै राजदूत बनाएर पठाउने तयारीमा सरकार लागेको छ ।
‘सकेसम्म चाँडो निर्णय गर्ने गरी राजदूत नियुक्ति सिफारिस गर्ने छलफल भइरहेको छ ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने ।
राजदूतको कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्ने निर्देशिकामा वयवस्था भए पनि कार्यकाल समाप्त भएर राजदूतहरू फर्केपछि पनि सरकारले नियुक्ति गरिसकेको छैन ।
राजदूतहरूको सिफारिस गरेपछि संसदीय समितिले उनीहरूको सुनुवाइ गर्ने र समितिको स्वीकृतिपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
नयाँ राजदुत बन्न परराष्ट्र मन्त्रालयमा कार्यरत सहसचिवहरू लोकबहादुर थापा, धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, प्रकाशमणि पौडेललगायत लविइङ गरिरहेका छन् । माल्दिभ्समा भने नेपालको दूतावास छैन ।
















कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने
कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया