चुनावमा अन्तरघात गर्नेविरुद्ध कांग्रेसमा २१ सय उजुरी

काठमाडौँ । नेपाली कांग्रेसमा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट सो परिणाममा उजुरी परेको कांग्रेसले जनाएको छ ।
कांग्रेसको आज देखि जारी कांग्रेसको केन्द्रीय समितिमा सो बारेमा जानकारी नेताहरुलाई गराईएको छ । केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेकोमा ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले जानकारी गराएका छन् ।
ढुंगानाले पेश गरेको त्यससम्वनधी प्रतिवेदनमा कांग्रेसको केन्द्रीय समिति बैठकमा आज देखि छलफल हुँदैछ । कांग्रेसको विधानमा पार्टी हितविपरीत गर्नेलाई कारबाही गर्ने व्यवस्था छ । हामीले विधानसम्मत काम अघि बढाएका छौं । तर त्यसबारे छानबिन भइसकेको छैन,’ उनले भने, ‘अब केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यही हुन्छ ।’
















उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया