राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा यादव नियुक्त
मेरोन्यूज
२०८० साउन २ गते २०:४७

काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा अमरप्रसाद यादव (फुलबरिया–४ सिरहा) लाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले सिफारिस समितिको सिफारिसमा आज उनलाई नियुक्त गरेका हुन् । सिफारिस भएका तीन जनामध्येबाट प्रा डा यादवलाई नियुक्त गरिएको हो ।
उपकुलपतिको लागि प्रा डा महानन्द चालिसे (रत्ननगर–९ चितवन) र प्रा डा क्षितिज उपाध्याय ढुङ्गेल (जनकपुरधाम, धनुषा) को नाम सिफारिस भएको थियो ।
‘राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिमको प्रक्रिया पूरा गरी सो सिफारिस समितिको निर्णयअनुसार राजर्षिजनक विश्वविद्यालय ऐनबमोजिम तीन जनाको नाम सिफारिस गरिएको थियो ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया