मन्त्री शर्मा र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताइन् ।
नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले कृषिमा यसको प्रयोग गर्न चाहिरहेको बताइन् । पहिलेको तुलनामा सूचना प्रविधिको क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिलाई राज्यको प्राथमिकतामा राखिएको बताइन् ।
‘हामीले सरकारको नीति तथा कार्यक्रममार्फत पनि यो स्पष्ट गरेका छौं कि अब नेपालमा सूचना प्रविधि प्राथमिकताको क्षेत्र हो,’ उनले भनिन् ‘डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको छ ।’
देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीब्र गतिमा भइरहेको उल्लेख गर्दै उनले यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको मन्त्री शर्माले जानकारी गराइन् ।
इन्टनेटको फोजी सेवा देशभरि पुर्याउने कामलाई अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका लागि क्रममा रहेको बताइन् । उनले नपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै सस्तो र गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको सोंच रहेको बताइन् ।
राजदूत गोडरले पछिल्लो समय नेपालले चाँडो चाँडो विकास गरिरहेको बताए । आफू लामो समयदेखि नेपालमा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीब्र विकास गरिरहेको बताए ।
नेपालको एउटा प्रदेशको हाराहारीमा रहेको इजरायलले सूचना प्रविधिमा धेरै विकास गरेको औल्याउँदै उनले सूचना र सञ्चारको क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिष्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको बताए ।
नेपालमा धेरै हिमाली र पहाडी क्षेत्र भएकाले सबै ठाउँमा बराबरी सञ्चार सुविधा पुर्याउन कठिनाइ देखिएको उल्लेख गर्दै उनले नेपालले आफ्नै स्याटेलाइट राख्न सकेको हकमा निकै प्रभावकारी हुने सुझाव पनि दिए ।
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया