मंगलबार, वैशाख ९, २०८२

महानगरका प्रतिनिधि उपस्थित नभएपछि ल्यान्डफिल्ड क्षेत्रका स्थानीय सरकारबीच भएन सहमति

मेरोन्यूज २०८० साउन ३ गते १७:२४

काठमाडौँ । ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठकमा दुवै पक्ष आ–आफ्ना अडानमा अडिक भएपछि कुरा मिल्न सकेन ।

तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठकमा सहमति हुन सकेन ।

नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसँग बैठक बसेका थिए ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफलमा सहमति हुन नसकेको बताए ।
उनले छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी टुंगोमा पुग्ने बताए।

काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोर बोकेका गाडी रोकिरहेका छन्। उनीहरुको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने उनले बताए।

तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन र फोहोरबाट फैलिएको दुर्गन्ध न्युनीकरणका उपायबारे प्रारम्भिक छलफल मात्रै भएको उनले बताए।

छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगा फैलिएकाले स्थानीयलाई बस्न अफठ्यारो भएकाले तत्काल नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएको कुरा स्थानीयले उठाएका थिए।

क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई मिलाएर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने बताए।

फोहोरसँगै मान्छे बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए।

उनले इआईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुआब्जा दिएर स्थान्तरण गरिने बताएका छन्।

प्रतिक्रिया