प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान

काठमाडौँ । सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघले आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरे ।
सम्मानको राशि जनही दुई लाख रहेको छ । प्रत्येक वर्ष प्रदान गरिने यो सम्मान कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो ।
सम्मानित व्यक्तित्व प्रधानले करिब चारदशक सरकारी सेवामा बिताएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा काम गरेका थिए । प्रधान उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको भूमिकामा पनि रहेका थिए ।
अर्का सम्मानित व्यक्तित्व आचार्यले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थसचिव, उद्योग सचिवलगायत भूमिका निर्वाह गरिसकेका छन् ।
सम्मान छनोटका लागि पूर्वगभर्नर एवं पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको संयोजकत्वमा संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्टट्रेडिङ कर्पोरेसनका तत्कालीन अध्यक्ष कल्याणगोविन्द श्रेष्ठ, पूर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य रहेका थिए ।
हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् ।
संघ र साल्टट्रेडिङ कर्पोरेशनको समझदारीमा २०५९ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो । पच्चीस वर्ष कर्पोरेसनको महाप्रबन्धकको जिम्मेवारीमा रहेका इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ र हक्की स्वभावका धनी मल्ललाई ‘रोलमोडल’ प्रशासक÷व्यवस्थापकका रूपमा लिइन्छ । उनको स्मरणमा कर्पोरेसनको सौजन्यमा संघले सम्मान स्थापना गरेको हो ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया