सरकारले गर्यो १० सचिवको सरुवा

काठमाडौँ । सरकारले १० सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १० सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार सचिव मधुसुदन बुर्लाकोटीको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ । बागमती प्रदेशको मुख्यसचिव रहेका मुकुन्द निरौलालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव बनाइएको छ भने सुर्य गौतमलाई निर्वाचन आयोगमा पठाइएको छ । निर्वाचन आयोगमा सचिव रहेका गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
सचिव तोयम रायलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव बनाइएको छ । भने गोपी खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।
भर्खरै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई बागमती प्रदेशको मुख्यसचिवमा पदस्थापन गरिएको छ । लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको मुख्यसचिव बनाइएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया