एक महिना मासु खान छाेड्दा शरीरमा कस्ताे परिवर्तन देखिएला ?

मांसाहारी खाना खानेहरूलाई ‘चिकन र मटन’ त्याग्नु भनेकाे मुश्किल काम हाे । तर यदि तपाईंले एक महिना मात्रै मांसाहारी खाना छाड्दा तपाईंको शरीरमा कस्ता परिवर्तनहरू देखिएलान् त ?
भारत हैदरावादका सिनियर कन्सल्टेन्ट डाक्टर अथर पाशाले एउटा अङ्ग्रेजी वेबसाइटसँगको कुराकानीमा शाहाकारी खाना शरिरका लागि निकै फाइदाजनक हुने बताए । उनले भने ‘शाकाहारी खानामा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले तपाईको पाचन प्रणालीलाई बलियो बनाउँछ र पेटका थुप्रै रोगहरूबाट बचाउँछ।’
वल्र्ड इकोनोमिक फोरमका अनुसार पछिल्ला केही वर्षयता विश्वभर विशेषगरी अमेरिका र युरोपमा शाकाहारको चलन क्रमशः बढ्दै गएको छ ।
उजाला सिग्नस ग्रुप अफ हस्पिटलका डाइटिशियन डा एकता सिंघवालले पछिल्लाे समय धेरै जसाे मांसाहारी शाकाहारी हुनुकाे कारण स्वास्थ्यलाई हुने लाभ र शाकाहारी खानाको बढ्दो उपलब्धता पनि रहेको बताएकी छन् ।
उनले मांसाहारी खाना छाेड्नुका धेरै फाइदा हुने बताइन् । शाकाहारी खानाले मुटु रोग, उच्च रक्तचाप, टाइट टु मधुमेह र केहि प्रकारका क्यान्सर जस्ता रोगहरूको जोखिम कम गर्दछ। यस बाहेक, आफ्नो आहारमा प्लान्टमा आधारित खानेकुराहरू समावेश गरेर पोषण आवश्यकताहरू पूरा गरिरहेकाे सुनिश्चित गर्न सक्नुहुनेछ ।
यदि तपाईले एक महिनासम्म मांसाहारी खाना खान छोड्नुभयो भने तपाईको शरीरमा तुरुन्तै पाँच परिवर्तन देखा पर्नेछन् :
कब्जियतबाट छुटकारा
एकता सिङ्वालका अनुसार शाकाहारी खानामा फाइबर भएका कारण यसले पाचन प्रणालीमा सुधार ल्याउँछ । फाइबरको सेवन बढे कब्जियतबाट राहत मिल्छ।
ताैल घट्नेछ
शाकाहारी खानेकुरामा मांसाहारीभन्दा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले यसले बारम्बार भोक लाग्दैन र तौल पनि नियन्त्रणमा रहन्छ ।
सुजनबाट राहत
प्रशोधित मासुले शरीरमा सुजनकाे जाेखिम बढाउँछ । मांसाहारी कम खाएमा तपाइँकाे सिस्टमेटिक इन्फ्लेमेसन कम हुन्छ जुन थुप्रै रोगहरूको कारण हो।
कोलेस्ट्रोल कम हुनेछ
शाकाहारी खानाले कोलेस्ट्रोलको स्तर सुधार गर्छ, जसले गर्दा हृदय रोगको जोखिम कम हुन्छ।
प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाउनुहुनेछ
फलफूल, तरकारी, नटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसकाे सेवनले तपाइँको शरीरमा एन्टिअक्सिडेन्ट बढाइ समग्र स्वास्थ्यलाई राम्रो बनाउँछ र दीर्घकालीन रोगको जोखिम कम गर्छ।
ऊर्जा प्राप्त हुनेछ
शाकाहारी खानाले भिटामिन, मिनरल्स र जटिल कार्बोहाइड्रेट प्रदान गर्छ जसले तपाईंलाई उर्जावान राख्नेछ ।
-एजेन्सीबाट















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया