एलओडी क्लबले भन्यो- कानून पालना गरी व्यवसाय गरेका छौं

काठमाडौं । काठमाडौंको ठमेलस्थित एलओडी क्लबले कानूनको परिधिभित्र रहेर व्यवसाय गरिरहेको स्पष्ट पारेको छ । कानूनभन्दा माथि कोही पनि नरहने स्पष्ट पार्दै क्लबले कानून पालना गर्न सधैँ तयार रहेको स्पष्ट पारेको हो ।
केही साताअघि एलओडी क्लबमा आएकी किशोरीलाई एक पुरुषले ललितपुरमा लगी बलात्कार गरेका थिए । सोही घटना सार्वजनिक भएपछि नाबालिग किशोरीलाई प्रवेश दिएको भन्दै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनापछि क्लबले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै किशोरीमाथि भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । पीडित र परिवारप्रति क्लबको सदा साथ रहने प्रतिबद्धता जाहेर गरेको छ ।
‘हामी कानूनभन्दा माथि छैनौं । कानूनको परिधिभित्र रहेर व्यवसाय गरेका छौं र गर्नेछौं । हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध छ । हामी आफूलाई जवाफदेही बनाउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘घटना क्लब परिसरमा भएको थिएन । क्लबभन्दा बाहिर भयो । केही कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटना क्लबभित्र भएको भए त्यसको सम्पूर्ण जिम्मा लिन सदा तयार छौं । कानूनको पालना गर्दागर्दै कोहीबेला हामीबाट थोरै चुक्न पुगेका छौं । यसमा क्षमा चाहन्छौ ।’
क्लबले कर्तव्य, मूल्य मान्यता, सामाजिक दायित्व र सिमाहरु भन्दा बाहिर गएको महसुस भइसककेको बताएको छ । यस्ता घटनाबाट पाठ सिक्ने र घटना फेरि नदोहोरियोस् भनेर सचेत र सजग भइसकेको क्लबको भनाइ छ ।
क्लबले सार्वजनिक क्षेत्र कभर गर्ने गरी सीसी क्यामेरा जडान गरिएको बताएको छ । जसले अवाञ्छित गतिविधिलाई रोक्न नियन्त्रण गर्ने क्लबको विश्वास छ । क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार रहेको जनाएको छ ।
















आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
प्रतिक्रिया