हेर्नुहाेस् तपाईंकाे आजकाे राशिफल

काठमाडाैं । आज साउन ७ गते आइतबार । अधिक साउन शुक्ल पञ्चमी । जुलाइ २३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज उत्तम ग्रह स्थिति रहेकाे छ । नजिकका आफन्तहरूसँग आपसी विचारको आदानप्रदानले पनि समस्या समाधान हुनेछ। विद्यार्थी तथा युवाहरूले आफ्नो करियरसँग सम्बन्धित केही शुभ समाचार प्राप्त गर्न सक्नेछन् । आफूलाई व्यस्त राख्नुहोस् र अनावश्यक काममा ध्यान नदिनुहोस्।
वृष- आजकाे समय लाभदायक रहेको छ । योजनाबद्ध रूपमा आफ्नो कार्यहरू सम्पादन गर्नाले सफलता मिल्नेछ। तपाईको कार्यशैली र व्यवहारको प्रशंसा हुनेछ।
मिथुन- केही शुभ कार्यको योजना बन्नेछ ।आर्थिक स्थितिसँग सम्बन्धित कुनै कामको आज राम्रो नतिजा आउने सम्भावना छ।
पैसा सम्बन्धी काराेबार आज नगर्नुहाेस् ।
कर्कट- आज रोकिएका कामहरू पूरा हुन सक्छन् । तपाइँ नयाँ गाडी किन्ने योजनामा हुनुहुन्छ भने आज उपयुक्त समय रहेकाे छ । थाेरै आलस्य र लापरवाही रहनेछ।
सिंह- आजकाे समय व्यस्त रहनेछ। जग्गा खरिदबिक्री सम्बन्धी कुनै कार्य चलिरहेको छ भने आज काम बन्न सक्छ । धार्मिक कार्यमा पनि आस्था रहनेछ । खर्चको मामिलामा बढी उदारता राख्दा समस्यामा पर्नेछ। कुनै पनि विवादित विषयलाई धेरै महत्व नदिनुहोस्।
कन्या- आज लामो समयदेखि चलिरहेको चिन्ता र तनावबाट मुक्ति मिल्नेछ। समस्या समाधानमा नजिकका आफन्तहरूको उचित सहयोग पनि रहनेछ। केही विरोधीहरूले सक्रिय भएर तपाईंको काममा बाधा पुर्याउन सक्छन्, तर उनीहरु सफल हुनेछैनन्। आध्यात्मिक गतिविधिमा केही समय बिताउँदा मनलाई आराम र शान्ति मिल्नेछ।
तुला- आपसी मनमुटाव हटेर सम्बन्धमा मधुरता आउनेछ । परिवारसँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयमा तपाईंको विचारलाई प्राथमिकता दिइनेछ। कसैलाई विश्वास गर्नु अघि राम्ररी सोच्नुहोस्।
वृश्चिक- आजको दिन तपाईंले आफ्नो व्यक्तिगत गतिविधि र व्यक्तित्व सुधारमा ध्यान दिनुहुनेछ। समान विचारधारा भएका व्यक्तिहरूसँग मिलनले तपाईंको साहस र आत्मविश्वास पनि बढाउनेछ। खर्चमा नियन्त्रण राख्नुहोस।
धनु- घरको मर्मत सम्भार र सुधार सम्बन्धी कुनै योजना चलिरहेको छ भने त्यसलाई सफल बनाउनको लागि आजको समय शुभ रहेको छ। आलस्य त्यागेर पूर्ण ऊर्जा र आत्मविश्वासका साथ आफ्नो काममा लाग्नुहोस्। कतै लामो यात्रामा जाने कार्यक्रम पनि बन्ने छ ।
मकर- लामो समयदेखि विचाराधीन कुनै पनि विषयको आज समाधान हुनेछ, जसले गर्दा मन प्रफुल्लित रहनेछ । साथीभाइको सहयोगले सन्तानको पढाई वा करियरको बारेमा चलिरहेको चिन्ताबाट पनि छुटकारा मिल्नेछ।
कुम्भ- आज समय राम्रो छ । तपाईंको सकारात्मक सोचले काम पूरा गर्न मद्दत गर्नेछ। सामाजिक तथा राजनैतिक सम्पर्क पनि बन्नेछ। इष्टमित्र तथा आफन्तसँगको भेटघाटले दिन सुखद रहनेछ।
मीन- आजको दिन शान्तिपूर्ण रुपमा बित्नेछ । कतै लगानी गर्ने योजना पनि बन्नेछ, जसलाई कार्यान्वयन गर्दा फाइदा पनि हुनेछ । युवाहरू रमाइलोमा भन्दा बढी आफ्नो भविष्यमा केन्द्रित हुन आवश्यक छ ।
















काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
More than 250 people killed after separatist attacks in Pakistan: official
साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया