केही नेपाल ऐन संशोधन विधेयक हुबहु पारित नहुने
विवादित विषयसमेत समावेश गरेर कानुन पारित गर्ने पक्षमा सरकार छैन : कानुनमन्त्री गुरुङ

काठमाडौं । केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक हुबहुँ पारित नहुने भएको छ । विधेयकमा देश र जनतालाई अप्ठेरो पर्ने सिंगो नेपाली राजनीतिलाई अप्ठेरो पर्ने विषय परेका भए परिवर्तन गर्ने सरकारले तयारी गरेको हो ।
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई अप्ठेरो पर्ने विषय हटाउने तयारी भइरहेको बताएका हुन् ।
सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै मन्त्री गुरुङले संसद्मा आफूले पेस गरेको विधेयक हुबहु पारित गर्ने पक्षमा आफू पनि नभएको बताए ।
‘केही नेपाल ऐन संशोधन विधेयकमा पार्टीलाई नै अप्ठेरो पर्ने ढंगका कुरा परेका छन् भने त्यसलाई राखिन्न, देश र जनतालाई अप्ठेरो पर्ने सिंगो नेपाली राजनीतिलाई अप्ठेरो पर्ने विषय परेका छन् भने त्यसलाई राखिन्न’, गुरुङले भने ।
विधेयकमा शान्तिपूर्ण राजनीतिमा आउने भनी सरकारसँग सम्झौता गरेका दल तथा समूहका व्यक्तिमाथि लागेका फौजदारी मुद्दा जुनसुकै तहमा रहे पनि फिर्ता लिन सक्ने प्रावधान राखिएको छ ।
विधेयकको व्यवस्था गलत रहेको भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा विरोध भएको थियो । केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद्बाट विधेयक पारित भएमा दण्डहीनताले संस्थागत रुप लिने भन्दै तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।
सोमबार नै बोलेका महामन्त्री गगनकुमार थापाले कांग्रेस सम्मिलत सरकारले नै ल्याएको भए पनि सो विधेयकको पक्षमा आफूले संसद्मा बोल्न नसक्ने बताएका थिए ।
उपसभापति गुरुङले कानुनमन्त्रीको हैसियतमा आफूले विधेयक प्रतिनिधि सभामा दर्ता गरेको भन्दैमा त्यसमा भएका सबै विषयमा सहमति रहेको भन्न नमिल्ने बताए ।
‘म नेपाल सरकारको भरिया जस्तो भएर विधेयकको भारी बोकेर संसदमा राखिदिएँ, फुकालेर हेर्दा अलिअलि बियाँ पनि देखियो, भुस पनि देखियो’ उनले भने ।
विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएर विवादित विषय हटाउन सकिने पनि गुरुङले बताए । आफू विवादित विषयसमेत समावेश गरेर कानुन पारित गर्ने पक्षमा नभएको गुरुङले बताए ।
‘भात खाँदा गासमा ढुंगा पर्यो भने ढुंगासहितको गास सुलुक्क निलिहाल्छ भन्ने नठान्नुस्’ गुरुङले भने, ‘मुखमा राखेको गासमा ढुंगा पर्यो भने निल्दैन गुरुङले, ओकलेर फाल्दिन्छ । यो विधेयकको सन्दर्भमा जे कुरा उठेको छ नि त्यही हो ठ्याक्कै ।’

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया