टाटा जेन्युन् स्पेयर पार्ट्सको मूल्य घट्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनीले टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ ।
हाल विद्यमान प्रतिकूल परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युन् पार्ट्सहरूको मूल्य समायोजन गरिएको हो ।
अब ग्राहकरूले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युन् पार्ट्सहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकको चाहना र अपेक्षालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरूप टाटा जेन्युन् पार्ट्सको मूल्य घटाइएको हो ।
अब टाटा कमर्सियल गाडीका ग्राहकहरूले सिप्रदीका वर्कशपहरूमा अनुभवी तथा दक्ष प्रविधिकहरूबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युन् पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिंगको फाइदा उठाउन सक्नेछन् । मूल्य समायोजनपश्चात ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने कम्पनीको विश्वास छ ।
समायोजित मूल्य यही साउनबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युन् पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको कम्पनीले जनाएको छ ।
साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्युन् पार्टस्हरूमा ६ महिना वा ५०,००० कि।मि। सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ ।
अन्य सेवाहरू तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने सिप्रदीले जनाएको छ ।
देशकै ठूलो प्रतिष्ठित ब्रान्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ४१ वर्षदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरू तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ । सन् १९८२ देखि टाटा मोटर्स्को एक मात्र विक्रेता सिप्रदी टेड्रिङ्ग आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो ।















युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु
अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया