पारदर्शिताको कुरा गर्ने रास्वपाका ४ सांसदलाई खर्च सार्वजनिक नगरेकोमा जरिवाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ४ सांसद निर्वाचन आयोगको कारबाहीमा परेका छन् । पारदर्शिताको कुरा गरेर नथाक्ने रास्वपाका सांसदलाई निर्वाचन आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकोमा १५÷१५ हजार जरिवाना गरेको हो ।
जरिवाना पर्नेमा काठमाडौँबाट प्रत्यक्षतर्फ रास्वपाबाट जितेका ४ सांसद् छन् । काठमाडौं ६ बाट विजयी भएर छोटो समय शिक्षा मन्त्री बनेका शिशिर खनालले खर्च विवरण सार्वजनिक नगरेर १५ हजार जरिवानामा परेका छन् ।
रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका विराजभक्त श्रेष्ठ पनि कारबाहीमा परेका छन् । उनी काठमाडौँको क्षेत्र नं ८ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै काठमाडौँ २ बाट निर्वाचित भएकी सोविता गौतम पनि कारबाहीमा परेकी छन् ।
त्यस्तै रास्वपाबाटै काठमाडौँ ७ बाट निर्वाचित गणेश पराजुली पनि १५ हजार तिर्नुपर्ने सूचीमा परेका छन् ।
आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भएर तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्न भनेको थियो ।
भनेको समयमा खर्च विवरण सार्वजनिक नगरेपछि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन आयोगले दिएको थियो। त्यस समयमा सार्वजनिक नगरेपछि जरिवाना गरिएको हो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया