आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
मेरोन्यूज
२०८० साउन १० गते ६:४१

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
सम्बन्धित
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया