कांग्रेस महामन्त्री थापाले तिरे निर्वाचन आयोगलाई १५ हजार जरिवाना
मेरोन्यूज
२०८० साउन ११ गते १४:५६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।
निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।
महामन्त्री थापाले आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी दिए । आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले बताए ।
‘१५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यस्तो छ थापाको खर्च विवरण :
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया