हुम्लाका तीन गाँउमा ठूलो पहिरो, २३० घरधुरी जोखिममा
नागरिक उद्धारका लागि हेलिकप्टर पठाइँदै

हुम्ला / हुम्लाको सदरमुकाम सिमकोटदेखि ३२ कोष दुरीमा रहेको सर्केगाड गाउँपालिका वडा–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा ठूलो पहिरो जाँदा लाखौंको क्षति भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बस्ती पनि जोखिममा परेको छ ।
सार्केगाडका रादेउ, उनापानी र रिप गाउँमा ठूलो पहिरो जाँदा बस्ती जोखिममा परेको हो । ासाथै त्यहाँ लाखौंको क्षति भएको छ । पहिरो जाँदा पुल–पुलेसा, खेतबारी, घर र सडकहरुमा क्षति पुर्याकएको स्थानीयले बताएका छन् । रादेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी बगाएको हुँदा गाउँ नै जोखिममा परेको छ ।
स्थानीय रामबहादुर रोकायाको घरमा पहिरोले क्षति पुर्या,एको स्थानीय प्रकाश ऐडीले बताए ।
रिपमा २३० घरधुरी रहेको र गाउँ वरपरका खेतबारीमा पहिरो जाँदा त्यहाँ रहेका सबै गाउँले नै त्रसित अवस्थामा रहेको स्थानीयले बताएका छन् । गाउँका मान्छेहरु बाहिर निस्किन नसेकेको अवस्था छ। वरिपरिका खोलानालाहरु बढेर गाउँ पसेका छन् भने भएका पुलहरु सबै बगेका छन्।
उनापानीमा भने तातोपानी लघुविद्युत् आयोजनाको पावर हाउसमै पहिरोले क्षति पुर्यासएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरु सबै पुरिएका छन् । खानेपानीका मुहान पुरिनुका र २५, २६ हेक्टरमा लगाइएको धान खेत पहिरोले बगाएको स्थानीय एमबी थापाले बताएका छन् ।
निरन्तरको वर्षा र पहिरोको त्रासले उद्धार टोलीका लागि समेत सर्केगाड पुग्न हम्मेहम्मे परेको छ । जिल्लाबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ३० जनाको प्रहरी, लप्टन पवन पन्तको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी १५ जना गरि ७० जना बिहान सिमकोटबाट पहिरोको अनुगमन र पीडितहरुको उद्धारमा गएका छन् ।
नागरिकलाई सुरक्षित स्थानमा सार्न नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र केही समयमा हुम्ला उड्ने बताइएको छ ।
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया