संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी
मेरोन्यूज
२०८० साउन १६ गते ८:२९

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।
सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये पहिलो नम्बरमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, दोस्रोमा ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश छन् । परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ ।
संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानन्यायाधीशले अवकाश पाउने ४ दिनअघि बल्ल संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
सम्बन्धित
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया