फन्दामा फसेका लालबहादुरलाई रिहा गर्न आदेश

काठमाडौँ । साहुको फन्दामा फसेका मजदुर सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका गोपाल भन्ने लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ।
मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्माले पूर्ण सफाइ दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी निधीराम दाहालले जानकारी दिए।
लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।
जिल्ला अदालतको फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो भने जाहेरवालाले समेत लालबहादुरलाई साहुले फसाएको र उनी निर्दोष रहेको बयान दिएका थिए।
त्यसविरुद्ध लालबहादुरले उच्च अदालतमा अपिल गरेका थिए ।
सुन पसलका काम गर्ने सामान्य मजदुर लालबहादुर फैसलापछि सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका छन्। अदालतले तोकेको ३ करोड बढी बिगो तिर्न सक्ने अवस्था लालबहादुरको छैन।
लालबहादुरले सुनसरीको इटहरी उपमहानगरपालिका २० का दीपक गजमेरको परिवारले सञ्चालन गर्ने सिंहदेवी ज्वेलर्समा काम गर्थे । दीपकका बुवा कृष्णबहादुर विक, दिदी सीता गजमेर, भाइ कमल गजमेरसँग ज्वेलर्समा उनी सुनका गहना बनाउँथे।
दीपकका परिवारका ५ जनासँगै लालबहादुरविरुद्ध करोडौँ ठगीको आरोपमा २०७५ जेठ २० गते इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी परको थियो ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया