माओवादी केन्द्रीय समिति बैठक
उपाध्यक्षहरुलाई विभागको जिम्मा दिने प्रचण्डको प्रस्ताव
मंसिरमा विधान सम्मेलन गर्ने, वडालाई आधार बनाएर तीन महिने अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वडालाई आधार बनाएर तीन महिने अभियान चलाउने भएको छ । माओवादीको आज देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव गरेका हुन् ।
बैठकमा अहिले पनि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आफनो राजनीतिक पस्ताव गरेका हुन् ।
‘वडालाई आधार बनाएर ३ महिने अभियान चलाउने,’ प्रचण्डले पार्टी केन्द्रीय समितिमा प्रस्ताव गरे,–‘६ हजार ७४३ वडामा पार्टीका कमिटीको बैठक राखेर जाने, केन्द्रीय सदस्यहरुलाई पनि वडामा केन्द्रीत गरेर जाने गरि जानुपर्छ ।’
उनले मंसिरमा विधान अधिवेशन गर्ने प्रस्ताव पनि गरेका छन् । पार्टी अध्यक्ष देखि केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीसम्मलाई परिचालन कसरी गर्ने भन्नेमा पनि केन्द्रीत रहेर प्रस्ताव गरेका छन् । अध्यक्षलाई सरकार र पार्टीको नेतृत्व गर्ने, उपाध्यक्षहरुलाई विभागको जिम्मा दिने प्रस्ताव पनि प्रचण्डले गरेका छन् ।
माओवादीको ३२ विभाग छ । ती विभागको जिम्मेवारी बरिष्ठ उपाध्यष, नारायाण्काजी श्रेष्ठ, उपाध्यक्षहरु कृष्णवहादुर महरा, अग्निसापकोटा र पम्फा भुसाललाई दिने प्रचण्डको प्रस्ताव छ ।
त्यस्तै, महासचिव र उपमहासचिवलाई जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरुलाई प्रदेशको समन्वय गर्ने प्रस्ताव प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा राखेका छन् ।
साथै केन्द्रीय सदस्यहरुलाई केन्द्रदेखि वडातहसम्म समन्वय गर्ने र पार्टी संगठन सुदृढ गर्ने उल्लेख छ ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया