कन्या राशिले आज रोकिएको पैसा फिर्ता पाउने, अन्यकाे कस्ताे छ ?

काठमाडाैं । आज साउन १९ गते शुक्रबार । अधिक साउन कृष्ण तृतिया। अगस्ट ४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन समस्याले भरिपूर्ण रहनेछ। मन चिन्तित रहनेछ । व्यापार–व्यवसायमा घाटा केहि हुनसक्छ । बोलीमा संयम राख्नु होला । परिवारमा केही दुखद् खबर प्राप्त हुनेछ।
वृष- आज कुनै नयाँ काम सुरु गर्न राम्राे समय छ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । ठुलो साझेदारीले ब्यापारमा मनग्गे लाभ मिल्नेछ। आज पैतृक सम्पत्तिमा हक मिल्नेछ ।
मिथुन- कुनै कामको लागि बाहिर यात्रा हुनेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा गर्नुहोला। मौसमी रोगहरूको चपेटामा परिन सक्छ। व्यापार-व्यवसायमा आज कुनै ठूलो लगानी नगर्नुहोस्। घरपरिवारमा श्रीमती वा सन्तानसँग झगडा हुनसक्छ ।
कर्कट- पत्नीबाट मनमुटाव हट्न सक्छ। व्यापारमा नयाँ साझेदारले आज तपाईलाई भेट्न सक्छ। ठूला कामको थालनी गर्न सकिनेछ ।
सिंह- आज पुरानो साथीसँग भेट हुनसक्छ, जसले गर्दा मन प्रसन्न रहनेछ। परिवारकाे कुनै सदस्यकाे स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा वादविवाद हुनसक्छ । जसका कारण घाटा हुने सम्भावना छ । सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला ।
कन्या- मन प्रसन्न रहनेछ। घरमा कुनै शुभ कार्यको योग बन्न सक्छ। रोकिएको पैसा फिर्ता पाइनेछ। मान सम्मानमा बृद्धि हुनेछ ।
तुला- कुनै विशेष कामको लागि आफन्त तथा आफन्तजनबाट सहयोग मिल्नेछ। आज आफ्नो बोलीमा संयम राख्नु होला, नत्र काम बिग्रन सक्छ । परिवारका सदस्यहरूबीच केही कुरामा मतभेद हुनेछ।
वृश्चिक- परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ। आज तपाईलाई कुनै ठूलाे कामको प्रस्ताव आउनाले घरमा खुशीको वातावरण रहनेछ। परिवारकाे शुभ समाचार सुन्न पाइनेछ ।
धनु- आज कुनै पनि ठूला कामको थालनी नगर्नुहोस्। विशेषगरी ऋणबाट जोगिनुस् । स्वास्थ्यमा केही समस्या आउनेछ । व्यापारिक सहयोगीहरूको संगत छोड्दा धन हानि हुनेछ। परिवारमा नयाँ पाहुनाको आगमन हुनेछ ।
मकर- आज केहि कुराहरुमा मानसिक तनाव महसुस हुनेछ। व्यापार–व्यवसायमा आर्थिक स्थितिमा सुधार आउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। परिवारमा विवादबाट टाढा रहनुहोस्। बालबालिकाको स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ- आज चिनजानको व्यवहारले मन दुखी हुन सक्छ। तपाईंविरुद्ध केही झूटा आरोप र प्रति-आरोप पनि लाग्न सक्छन् । व्यापारमा साथीभाइ आदिबाट ठूलो सहयोग मिल्नेछ। घरपरिवारमा सम्पत्तिको विवादले मन अशान्त रहनेछ।
मीन- आज तपाई आफ्ना साथीभाइ र सहकर्मीहरूसँग धार्मिक यात्रा आदिमा जान सक्नुहुन्छ। आफ्नो सामान आदिको सुरक्षा गर्नुहाेला । खानपानमा ध्यान दिनुहोला । व्यापारमा कुनै नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ। परिवारमा ससुरा पक्षबाट मनमुटाव हुन सक्छ।
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया