डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी तोडफोड

डोल्पा। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको सिँडी तोडफोड भएको छ ।
अज्ञात समुहद्धारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड भएको हो ।
हिन्दूहरुको पवित्र शक्तिपिठसँगै मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित त्रिपुरासुन्दरीमा श्रृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।
विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँडिका ढुगांहरु हतौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए । कसले कुन कारणले सिँडि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।
यसअघि पनि अज्ञात समुहरुले मन्दिरका सिँडी तोडफोड गरेपछि विज्ञप्तीनै निकालिएको थियो ।
त्रिपुरासुन्दरी मन्दिर दर्शनकालागि देश विदेशबाट भक्तजनहरु आउने गर्दछन् ।
















धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया