प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण आजदेखि अनलाइनबाटै
अध्ययन तथा रोजगारीका लागि विदेश जानेले काठमाडौंको कन्सुलर सेवा विभाग धाउनुपर्ने बाध्यता हट्ने

काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि अब देखि सास्ती ब्यहोर्नु नपर्ने भएको छ । अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएको छ । सरकारले आजदेखि औपचारिक रुपमा अनलाइनमार्फत चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने भएको हो। परराष्ट्रमन्त्री एनपी साउदले अनलाइनमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवाको आज एक समारोहका बीच उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अनलाइनबाटै आवेदन दिने र प्रमाणीकरण हुने भएपछि अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग धाउनुपर्ने बाध्यता हट्ने सरकारको भनाई छ ।
अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने विभागले जनाएको छ ।
चारित्रिक प्रमाणपत्रका लागि सेवाग्राही आफै आउनु पर्दा भीडभाड हुने गरेको छ । अनलाइनमार्फत सेवा प्रवाह भएपछि सेवाग्राही र विभाग दुवैलाई सहज हुने बताइएको छ । सरकारले सेवागा्रहीलाई छिटो र सहज ढंगले सेवा उपलब्ध गराउने नीति लिएपछि यस्तो ब्यवस्था गर्न लागिएको बताइएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया