प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण आजदेखि अनलाइनबाटै
अध्ययन तथा रोजगारीका लागि विदेश जानेले काठमाडौंको कन्सुलर सेवा विभाग धाउनुपर्ने बाध्यता हट्ने

काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि अब देखि सास्ती ब्यहोर्नु नपर्ने भएको छ । अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएको छ । सरकारले आजदेखि औपचारिक रुपमा अनलाइनमार्फत चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने भएको हो। परराष्ट्रमन्त्री एनपी साउदले अनलाइनमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवाको आज एक समारोहका बीच उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अनलाइनबाटै आवेदन दिने र प्रमाणीकरण हुने भएपछि अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग धाउनुपर्ने बाध्यता हट्ने सरकारको भनाई छ ।
अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने विभागले जनाएको छ ।
चारित्रिक प्रमाणपत्रका लागि सेवाग्राही आफै आउनु पर्दा भीडभाड हुने गरेको छ । अनलाइनमार्फत सेवा प्रवाह भएपछि सेवाग्राही र विभाग दुवैलाई सहज हुने बताइएको छ । सरकारले सेवागा्रहीलाई छिटो र सहज ढंगले सेवा उपलब्ध गराउने नीति लिएपछि यस्तो ब्यवस्था गर्न लागिएको बताइएको छ ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया