यी राशिले आज सावधानी अपनाउनु होला, अन्यको कस्तो छ दिन ?

काठमाडाैं । आज साउन २२ गते साेमबार । अधिक साउन कृष्ण षष्ठी। अगस्ट ७ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन उतारचढावले भरिपूर्ण रहनेछ। व्यवसायमा सहकर्मीसँग वादविवादको स्थिति आउन सक्छ। व्यापारमा ठूला लेनदेन राम्ररी सोचेर गर्नुहोला । स्वास्थ्यमा ध्यान दिनुहोला । अत्याधिक कामका कारण मानसिक तनाव रहनेछ। परिवारको सहयोग मिल्नेछ ।
वृष- मन खुशी रहनेछ। कुनै नयाँ कामको थालनी गर्न हुन सक्छ । चिनेजानेका व्यक्तिबाट कार्यक्षेत्रमा सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नयाँ अवसर सृजना हुनेछ । परिवारमा नयाँ पाहुनाको आगमन हुन सक्छ। मान सम्मानमा बृद्धि हुनेछ । धार्मिक यात्रामा जाने सम्भावना छ ।
मिथुन- नयाँ काम सुरु गर्न आजको दिन शुभ रहनेछ। सम्पत्तिमा नयाँ लगानी गर्न सकिनेछ । अध्यात्मतर्फ मन आकर्षित हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।
कर्कट- आज व्यर्थको विवादमा फस्न सकिने छ। कुनै नयाँ काम गर्ने योजनामा हुनुहुन्छ भने, त्यसलाई तत्काल रोक्नुहोस्। व्यापार-व्यवसायमा अहिले जोखिम नलिनुहोस्। लामो यात्रामा नजानुहोस्। सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोस्।
सिंह- कुनै काममा मन चिन्तित हुन सक्छ। आज विपक्षीबाट घाटा बेहोर्नु पर्नेछ। सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोस्।
कन्या- आजको दिन तपाईको लागि महत्वपूर्ण रहनेछ। व्यापार–व्यवसायमा ठूलो साझेदारी गर्न सकिनेछ । तपाईको दिमाग सकारात्मक उर्जाले भरिपूर्ण हुनेछ। पारिवारिक तथा व्यापारिक क्षेत्रमा मान सम्मान मिल्नेछ । बोलीमा संयम राख्नु होला ।
तुला- आज कुनै विशेष कामको लागि बाहिर जानु पर्न सक्छ। पारिवारिक झगडाबाट टाढै रहनुहोस् नत्र घाटा बेहोर्नु पर्नेछ।
वृश्चिक- केही दिनदेखि चिन्तित रहेकाे काम आज सम्पन्न हुनेछ । साथीभाइबाट धोका हुन सक्छ। व्यापारमा ठूला लेनदेन राम्ररी सोचेर गर्नुहोला । यात्रा आदिमा सावधानी अपनाउनुहोला ।
धनु- सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला। अदालतको काममा घाटा बेहोर्नु पर्नेछ। वाणीमा संयम राखी विवादबाट बच्नुहाेला ।
मकर- आजको दिन अद्भुत रहनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । आर्थिक अवस्था मजबुत रहनेछ । नयाँ कामको थालनी गर्ने योजनामा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । नयाँ घर वा सवारी किन्न सकिनेछ।
कुम्भ- आज नयाँ व्यवसाय सुरु गर्न वा व्यवसायमा ठूलो परिवर्तन गर्न सकिनेछ। कार्यक्षेत्रमा साझेदारबाट राम्रो सहयोग प्राप्त हुनाले काममा फाइदा हुनेछ । पत्नी र परिवारको पूर्ण सहयोग प्राप्त हुनेछ।
मीन- परिवारकाे कुनै सदस्यकाे स्वास्थ्य बिग्रन सक्छ। आज आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोला नत्र ठूलो क्षति हुन सक्छ। घरपरिवारमा मनमुटाव बढ्न सक्छ, मन अशान्त रहनेछ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया