सिंह राशिकाे रोकिएकाे काम आज पुरा हुने, अन्यकाे कस्ताे छ ?

मेष- आजको दिन केहि महत्वपूर्ण कामको लागि बाहिर जानु पर्न सक्छ। कार्यक्षेत्रमा कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार व्यावसायमा लाभ हुनेछ। परिवारमा शुभ कार्यक्रम हुनेछ।
वृष- व्यापारमा साझेदारी गर्नु लाभदायक हुनेछ। मान सम्मानमा बृद्धि हुनेछ । परिवारमा कसैको स्वास्थ्य बिग्रनाले चिन्तित भइनेछ ।
मिथुन- आज तपाई कुनै विपत्तिमा फस्न सक्नुहुन्छ। बाेलीमा संयम राख्नुहोस् । नयाँ व्यापारकाे थालनी नगर्नुहोस्। परिवारका सदस्यहरूसँग मतभेद बढ्न सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नु हाेला ।
कर्कट- स्वास्थ्यको ख्याल राख्नुहोला । अनावश्यक बहसबाट टाढा रहने प्रयास गर्नुहोस्। पैतृक सम्पत्तिका कारण घरपरिवारमा विवाद हुनसक्छ । कसैलाई अत्याधिक विश्वास गर्दा हानि हुन सक्छ। सतर्क रहनुहाेला ।
सिंह- आज पुराना रोकिएका काम पुरा हुनाले मन प्रसन्न रहनेछ । कार्यस्थलमा प्रियजनको सहयोग प्राप्त हुनेछ। प्रशासनिक क्षेत्रमा काम गर्ने व्यक्तिले बढुवा पाउन सक्नेछन् । पत्नीको सहयोग मिल्नेछ । पुरानो साथीसँग भेटघाट हुनेछ ।
कन्या- मन प्रसन्न रहनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ । आज परिवारको सहयोग मिल्नेछ।
तुला- आज आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्, खानपानमा नियन्त्रण गर्नुहोस्। कतै बाहिर नजानुहोस्, कसैलाई ठूलो रकम ऋण नदिनुहोस्। व्यापारमा पुरानो सहयोगी साथीको कारणले घाटा बेहोर्नु पर्न सक्छ, वादविवादबाट टाढा रहनुहोस्।
वृश्चिक- अत्याधिक कामका कारण मानसिक तथा शारीरिक थकान रहनेछ । कुनै कामको लागि लामो यात्रा गर्नु पर्ने हुनसक्छ। आज नजिकको व्यक्तिको कारण विवादमा फस्न सकिनेछ।
धनु- आज धार्मिक यात्रामा जान सकिनेछ। आज तपाईको मन प्रसन्न रहनेछ । साथै परिवारमा शुभ कार्य हुनेछ। व्यापारमा नयाँ काम हात लाग्नेछ।
मकर- स्वास्थ्यमा राहत महसुस हुनेछ। परिवारमा स्नेह र मायाको वातावरण रहनेछ । आज परिवारका सदस्यहरूसँग मिलेर नयाँ कामको थालनी गर्न सकिनेछ। अपरिचित व्यक्तिलाई ठूलो रकम ऋण नदिनुहोस्।
कुम्भ- आज तपाई आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित रहन सक्नुहुन्छ। परिवारमा कसैबाट मनमुटाव हुनेछ। आज वादविवादमा नपर्नु राम्रो हुनेछ । व्यापार व्यवसायमा उतारचढाव आउनेछ ।
मीन- आज अलि सजग रहनुहोला । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । बहसबाट टाढा रहनु उपयुक्त हुनेछ। परिवार वा समाजमा विवाद हुन सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया