आज तपाईंको भाग्य कस्तो छ ? हेर्नुहोस् राशिफल

काठमाडाैं । आज साउन २६ गते शुक्रबार । अधिक साउन कृष्ण एकादशी। अगस्ट ११ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन तपाईको लागि राम्रो रहनेछ। व्यापारमा लाभ मिल्नेछ, परिवारमा शुभ कार्यक्रम हुनेछ। विरोधी वर्गबाट सावधान रहनुहोला । प्रियजनको पूर्ण सहयोग मिल्नेछ । केही ठूला काम आज पूरा हुन सक्नेछन् ।
वृष- नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । इष्टमित्र तथा आफन्तजनको पूर्ण सहयोग प्राप्त हुनेछ । परिवारका साथ बाहिरी यात्रा आदिमा जान सकिनेछ। आज विशेष व्यक्तिसँग भेटघाटले तपाईका लागि लाभको नयाँ बाटो खोल्नेछ।
मिथुन- आज लामो यात्रामा जान सकिनेछ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । व्यापारमा आज कुनै नयाँ काम सुरु नगर्नुहोस्, अन्यथा ठूलो घाटा बेहोर्नु पर्नेछ। स्वास्थ्यको ख्याल राख्नुहोला।
कर्कट- आज तपाईका लागि सोच्ने र व्यवहार गर्ने दिन हो। व्यापारमा आज कुनै ठूलो निर्णय नगर्नुहोला। नयाँ साझेदारीमा सावधान रहनुहोला। पत्नीको स्वास्थ्यमा चिन्ता रहनेछ। आज सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।
सिंह- स्वास्थ्य बिग्रन सक्छ, ख्याल राख्नुहोला। व्यवसायमा सहकर्मीसँग सजग रहनुहोला । आज कुनै नयाँ लेनदेन नगर्नुहोला ।
कन्या- कुनै विशेष कामको लागि बाहिर लामो यात्रामा जान सकिनछ। सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोला। व्यापार-व्यवसायमा ठूलो लगानी नगर्नुहोस्। आर्थिक स्थितिमा गिरावटको अनुभूति हुनेछ। परिवारमा नजिकको व्यक्तिको दुखद समाचार आउनेछ। मन अशान्त रहनेछ। वाणीमा संयम राख्नुहोस् र बहसबाट टाढा रहनुहोस्।
तुला-आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित भइनेछ। लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ।
वृश्चिक- आजको दिन तपाईको लागि राम्रो रहनेछ। लामो समयदेखि राकिएकाे काम विशेष व्यक्तिको माध्यमबाट सम्पन्न हुनेछ। व्यापार–व्यवसायमा आर्थिक लाभ हुनेछ । नयाँ कार्य योजना बनाइनेछ। पत्नीसँगको मतभेद समाधान हुनेछ।
धनु- आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। कुनै षड्यन्त्रको शिकार भइने सम्भावना छ। व्यापारमा घाटा बेहोर्नु पर्नेछ । कुनै नयाँ कामको थालनी गर्न यो समय उपयुक्त छैन । घरपरिवारमा सम्पत्तिको विषयमा विवादको वातावरण रहनेछ। सम्मानमा कमी आएको महसुस हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, दुर्घटना हुनसक्छ ।
मकर- आज नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । साथै स्वास्थ्यमा लाभको अनुभूति हुनेछ। व्यापार–व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । आज कार्यक्षेत्रमा केही ठूलो काम हात पार्न सकिनेछ । जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । परिवारमा माहौल राम्रो रहनेछ।
कुम्भ- आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। सोचेका काम पुरा हुनेछन् । सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । मौसमका कारण स्वास्थ्य बिग्रन सक्छ तर व्यापारमा भने ठूलो सफलता मिल्नेछ । काममा ठूलो साझेदारी हुन सक्छ। परिवारमा शुभ कार्य हुनेछ र मान सम्मान बढ्नेछ।
मीन- तपाईं प्रयासरत काम आज बिग्रन सक्छ । कार्यस्थलमा विरोधी वर्गहरूले तपाईंलाई समस्या गर्न सक्छन्। व्यापारमा ह्रास आउनेछ । घरपरिवारमा सम्पत्तिको विषयमा मतभेद हुनसक्छ ।
















विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया