आज तपाईंको भाग्य कस्तो छ ? हेर्नुहोस् राशिफल

काठमाडाैं । आज साउन २६ गते शुक्रबार । अधिक साउन कृष्ण एकादशी। अगस्ट ११ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन तपाईको लागि राम्रो रहनेछ। व्यापारमा लाभ मिल्नेछ, परिवारमा शुभ कार्यक्रम हुनेछ। विरोधी वर्गबाट सावधान रहनुहोला । प्रियजनको पूर्ण सहयोग मिल्नेछ । केही ठूला काम आज पूरा हुन सक्नेछन् ।
वृष- नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । इष्टमित्र तथा आफन्तजनको पूर्ण सहयोग प्राप्त हुनेछ । परिवारका साथ बाहिरी यात्रा आदिमा जान सकिनेछ। आज विशेष व्यक्तिसँग भेटघाटले तपाईका लागि लाभको नयाँ बाटो खोल्नेछ।
मिथुन- आज लामो यात्रामा जान सकिनेछ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । व्यापारमा आज कुनै नयाँ काम सुरु नगर्नुहोस्, अन्यथा ठूलो घाटा बेहोर्नु पर्नेछ। स्वास्थ्यको ख्याल राख्नुहोला।
कर्कट- आज तपाईका लागि सोच्ने र व्यवहार गर्ने दिन हो। व्यापारमा आज कुनै ठूलो निर्णय नगर्नुहोला। नयाँ साझेदारीमा सावधान रहनुहोला। पत्नीको स्वास्थ्यमा चिन्ता रहनेछ। आज सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।
सिंह- स्वास्थ्य बिग्रन सक्छ, ख्याल राख्नुहोला। व्यवसायमा सहकर्मीसँग सजग रहनुहोला । आज कुनै नयाँ लेनदेन नगर्नुहोला ।
कन्या- कुनै विशेष कामको लागि बाहिर लामो यात्रामा जान सकिनछ। सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोला। व्यापार-व्यवसायमा ठूलो लगानी नगर्नुहोस्। आर्थिक स्थितिमा गिरावटको अनुभूति हुनेछ। परिवारमा नजिकको व्यक्तिको दुखद समाचार आउनेछ। मन अशान्त रहनेछ। वाणीमा संयम राख्नुहोस् र बहसबाट टाढा रहनुहोस्।
तुला-आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित भइनेछ। लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ।
वृश्चिक- आजको दिन तपाईको लागि राम्रो रहनेछ। लामो समयदेखि राकिएकाे काम विशेष व्यक्तिको माध्यमबाट सम्पन्न हुनेछ। व्यापार–व्यवसायमा आर्थिक लाभ हुनेछ । नयाँ कार्य योजना बनाइनेछ। पत्नीसँगको मतभेद समाधान हुनेछ।
धनु- आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। कुनै षड्यन्त्रको शिकार भइने सम्भावना छ। व्यापारमा घाटा बेहोर्नु पर्नेछ । कुनै नयाँ कामको थालनी गर्न यो समय उपयुक्त छैन । घरपरिवारमा सम्पत्तिको विषयमा विवादको वातावरण रहनेछ। सम्मानमा कमी आएको महसुस हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, दुर्घटना हुनसक्छ ।
मकर- आज नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । साथै स्वास्थ्यमा लाभको अनुभूति हुनेछ। व्यापार–व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । आज कार्यक्षेत्रमा केही ठूलो काम हात पार्न सकिनेछ । जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । परिवारमा माहौल राम्रो रहनेछ।
कुम्भ- आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। सोचेका काम पुरा हुनेछन् । सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । मौसमका कारण स्वास्थ्य बिग्रन सक्छ तर व्यापारमा भने ठूलो सफलता मिल्नेछ । काममा ठूलो साझेदारी हुन सक्छ। परिवारमा शुभ कार्य हुनेछ र मान सम्मान बढ्नेछ।
मीन- तपाईं प्रयासरत काम आज बिग्रन सक्छ । कार्यस्थलमा विरोधी वर्गहरूले तपाईंलाई समस्या गर्न सक्छन्। व्यापारमा ह्रास आउनेछ । घरपरिवारमा सम्पत्तिको विषयमा मतभेद हुनसक्छ ।
















राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया