बिहीबार, फागुन ७, २०८२

गौर हत्याकाण्डमा प्रभु साह दोषी छन् : जसपा

मेरोन्यूज २०८० साउन २६ गते १५:३३

काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डमा तत्कालीन माओवादीको मधेशमुक्ति मोर्चाका महासचिव प्रभु साह दोषी रहेको दाबी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसपाले आज पत्रकार सम्मेलन गरी त्यसबेला गौरमा १२ दिनअघि नै कार्यक्रम गर्न स्थानीय प्रशासनबाट स्वीकृत लिए पनि माओवादीले त्यसको २ दिनअघि सोही स्थानमा कार्यक्रम राखेर भीडन्तको अवस्था सिर्जना गरेको आरोप लगाएको छ ।

‘घटना हुनुमा तत्कालीन माओवादीको मधेशमुक्ति मोर्चाका महासचिव प्रभु साह दोषी छन्,’ पत्रकार सम्मेलननमा पार्टी प्रवक्ता मनिष सुमनले भने, ‘विभिन्न स्थानमा माओवादीले जसपाका सभाहरुमा आक्रमण गरेको र गौरमा १२ दिनअघि नै कार्यक्रम गर्न स्थानीय प्रशासनबाट स्वीकृत लिए पनि माओवादीले त्यसको २ दिनअघि सो स्थानमा कार्यक्रम राखेर भीडन्तको अवस्था सिर्जना गरेको थियो ।’

प्रवक्ता सुमनले पसरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको आरेप लगाए । राजनीतिक सन्दर्भ परिवर्तन भइसकेको अवस्थामा त्यस प्रकारको सम्झौता हुनु दुःखद् भएको उनले बताए ।

ुगृह मन्त्रालय र रुपसागरदेवी उपाध्यायबीच भएको सहमतिले मुलुकको शान्ति, स्थिरता र सद्भावना बिथोल्ने काम गरेको भन्दै सुमनले भने, ‘यो दुःखद छ ।’ सरकार र आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमति अनुसार २०६३ चैत ७ मा गौरमा भएको घटनामा दोषीमाथि छानबिन गर्ने उल्लेख छ ।

जसपाले घटनाको सन्दर्भमा गठन भएका विभिन्न छानबिन आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि गरेको छ ।

जसपाले माओवादीले उक्साएर तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवसहित सयकडौं विरुद्ध जाहेरी दिन लगाएको पनि आरोप लगाएको छ । सरकार तथा गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार ५ बुँदे सहमति भएको थियो । जसमा गौर हत्याकाण्डमा संलग्न रहेकाहरुमाथि अनुसन्धान गर्ने सहमति भएको थियो । राजनीतिक आन्दोलनको क्रममा सो घटना भएको भन्दै जसपाले अनुसन्धान गर्ने सहमतिप्रति आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया