सरकारको स्थायित्वमा कसैले शंका गर्नुपदैन : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री एवं कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शंका नगर्न आग्रह गरेका छन् ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र कांग्रेस मिलेरै अगाडी बढिरहेकोले सरकारको स्थायित्वमा कसैलाई पनि शंका नगर्न उनले आग्रह गरेका हुन् । खड्काले भने, ‘सरकारको स्थायित्वमा कुनै शंका नगर्न सबैलाई आग्रह गर्दछु ।’
नेपाल टेलरिङ व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले त्यस्तो बताएका हुन् ।
सरकारले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँदै भ्रष्टाचार नियन्त्रणका काम गरिरहेकाले जनताको पूर्ण समर्थन पाएको उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।
‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको छ,’ उनले भने ।
नेपालमा उद्यमदेखि रोजगारी सिर्जना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको बताएका थिए ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया