बिहीबार, फागुन ७, २०८२

राजमार्गमा वर्षाको प्रभाव

३ वटा राजमार्ग ३ ठाउँमा अवरूद्ध, ३८ ठाउँमा एकतर्फी सञ्चालनमा

मेरोन्यूज २०८० साउन २८ गते ८:४३

काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा छ । जसकाकारण नेपालमा देशैभर अविरल वर्षा जारी छ । वर्षाका कारण ३ वटा राजमार्ग ३ ठाउँमा अवरूद्ध रहेको प्रहरीको भनाई छ। ३८ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

पहिरोले पटकपटक अवरूद्ध हुँदै आएको मुग्लिन-नारायणगढ सडकखण्ड भने अहिले निर्बाध सञ्चालनमा छ । डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार, निर्वाध सञ्चालनमा रहेको भएपनि शनिबार रातिदेखि नै पानी परेकाले पहिरो खस्ने जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सकिने जनाइएको छ ।

अहिले तमोर करिडोरअन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ।

यस्तै, कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन-रिडी-कोरला सडक म्याग्दीको बैसरीमा अवरूद्ध रहेको विभागले बेवसाइटमार्फत् अद्यावधिक गरेको छ।

रिडी-बालकोट-हंसपुर-प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जानकारी दिएको छ।

मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति पुगेको विभागको तथ्यांक छ। २४ वटा राजमार्गको १८१ स्थानमा अवरूद्ध भएकामा १४० ठाउँमा दुवैतर्फ सञ्चालनमा ल्याइएको र ३८ ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको विभागले बताएको छ।

बाढी–पहिरोका कारण अहिलेसम्म राष्ट्रिय राजमार्ग २ हजार ८३ घन्टा अवरूद्ध भएका अवरूद्ध भएका छन्।

प्रतिक्रिया