सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार गदैनौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि एमालेले संसदीय समिति नभएर वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको कुरा गरेको बताएका छन् । उनले संसदीय समिति एमालेले स्वीकार नगर्ने पनि बताए ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताए । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, ओलीले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’
‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलिय गठबन्धन अगाडि आउँछ’, एमाले अध्यक्ष ओलीले भने ।
अहिले जे मा हेरयो सुनै सुन देखिन थालेको भन्दै सरकारमाथी कडा टिप्पणी पनि ओलीले गरे । ‘जे सामान ल्याएको छ, त्यही सुन छ,’ ओलीले भने, ‘यत्तिको तस्करी हुँदा पनि सरकार मुकदर्शक बनेर नालायाक भएर बसेको छ । सरकारले उत्तिबेलै राजीनामा दिनुपर्ने दिएको छैन ।

















भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया