सुन तस्करी प्रकरण
उच्चस्तरीय छानबिन समिति बनाउने एमालेको मागमा शेखर कोइरालाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको प्रकरणमा एमालेको मागमा समर्थन जनाएका छन् । एमालेले माग गरेजस्तै डा. कोइरालाले पनि सुन तस्करी प्रकरणमा उत्तस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् ।
डा. कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गर्दै सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा डा. कोइरालाले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गरे । ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरुी छ’ प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ?’
उनले राजश्व अनुसन्धान विभागले आफ्नै बोली विर्सिएको आरोप लगाए । ‘उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुप¥यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो ?’ डा. कोइरालाले भने ।
नेता कोइरालाले नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गर्दै भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’
प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि डा. कोइरालाले जनाए ।
मन्त्रीहरुको कामकारबाहीको कुरा नगर्ने बताएका नेता कोइरालाले ल्यारक्याल लामाहरुको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरुले बुझ्नुपर्ने बताए ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया