दोलखामा बाबुछोरा पहिरोमा बेपत्ता
मेरोन्यूज
२०८० साउन २८ गते १७:१९

दोलखा । दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन् । बिगु गाउँपालिका– ७ का राखम गाउँका ३५ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका बिगु गाउँपालिकाका– ७ का अध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए ।
आइतबार तिनपाटेनजिकैको जंगलस्थित ठाडो खोलामा निउरो टिप्न गएका बाबुछोरालाई माथिबाट खसेको पहिरोले पुरेको हो। खोलाकिनारमा निउरो टिप्ने क्रममा एक्कासि माथिबाट खसेको पहिरो र खोलामा एक्कासि आएको बाढीले बगाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
निउरो टिप्न गएका तीनजनामध्ये दुईजना बेपत्ता भए पनि अर्का एकजनाले भने भागेर ज्यान जोगाएका छन्। घटनास्थलतर्फ चिलंखामा रहेको प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
सम्बन्धित
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया