कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज साउन २९ गते साेमबार । अधिक साउन कृष्ण त्रयोदशी। अगस्ट १४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष
आजको दिन मिश्रित फलदायी रहनेछ । ब्यापारमा नाफा हुनाले मन प्रशन्न रहनेछ । पुरानो रोग देखा पर्न सक्छ, सचेत रहनुहोला ।
वृष
दिन शुभ रहनेछ । परिवारका साथ धार्मिक यात्रामा जाने अवसर जुर्नेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्छ, जुन भविष्यमा लाभदायक हुनेछ। मौसमी रोगले सताउन सक्छ, बाहिरको खाना नखानुहोस् ।
मिथुन
सोचेको काम पूरा हुन नसक्दा मनमा अशान्ति रहनेछ। कार्यस्थलमा आकस्मिक हानिको सम्भावना छ । नजिकको व्यक्तिले धोका दिन सक्छ। आँखामा दुखाइको सामना गर्नुपर्ने हुन सक्छ। कुनै पनि महत्त्वपूर्ण निर्णय लिनु अघि अनुभवी व्यक्तिको सल्लाह लिनुहोस्।
कर्कट
आजको दिन लाभदायी रहनेछ । शुभ घटना घट्दा मानसिक रुपमा शान्त रहिनेछ । आज कार्यस्थलमा अन्य दिनको तुलनामा कम मेहनतमा बढी लाभ मिल्नेछ। व्यवसायमा विस्तार हुनसक्छ ।
सिंह
दिन शुभ रहनेछ । अरू मानिसहरूको तुलनामा तपाईं छिटो सफलता पाउन सक्नुहुन्छ। आवश्यक भन्दा बढी पैसा खर्च हुनेछ। सहकर्मीहरूले तपाईबाट अनावश्यक माग गर्न सक्छन्।
कन्या
अध्यात्मप्रति आकर्षण बढ्नेछ । पूजामा रुचि बढ्नेछ, आमाबुवासँग धार्मिक यात्राको योजना बन्न सक्छ। सन्तानको स्वास्थ्यमा चिन्ता लाग्न सक्छ । जीवनसाथीसँग मनमुटाव हुन सक्छ।
तुला
काममा सफलता मिल्नेछ । नयाँ सम्झौता हातमा आउनेछ। मध्य दिनमा आकस्मिक हानिको योग छ, सतर्क रहनुहोला । पारिवारिक वातावरण सामान्य रहनेछ। छोराछोरी कुनै कुरामा तपाईसँग रिसाउन सक्छन्। मौसमी रोगको सिकार हुन सक्छ, सचेत रहनुहोला ।
वृश्चिक
कार्यस्थल र दैनिक काममा कडा परिश्रम गर्नुपर्नेछ, नतिजा सकारात्मक रहनेछ। आज कार्यस्थलमा सहकर्मीको पूर्ण सहयोग रहनेछ। समयमै काम पूरा हुनेछ । आज घरेलु काममा पनि रुचि बढ्नेछ ।
धनु
आजको दिन सुखद रहनेछ । मान सम्मानमा बृद्धि हुनेछ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ। सोचेका योजना आज कार्यान्वयन हुनेछन्। पुराना साथीभाइसँग समय बिताउन सकिनेछ । आफन्तबाट शुभ समाचार प्राप्त हुनेछ। आँखा दुख्न सक्छ, सतर्क रहनुहोस्।
मकर
आजको दिन मिश्रित फलदायी रहनेछ। सहकर्मी वा नजिकको व्यक्तिले ऋण माग्न सक्छ। परिवारका साथ कतै बाहिर जाने योजना बन्न सक्छ।
कुम्भ
आज बिहानैदेखि मन अशान्त रहन सक्छ। छिमेकीसँग कुनै कुरामा वादविवादको स्थिति आउन सक्छ। कार्यस्थलमा अत्याधिक कामका कारण मनमा सुस्तता आउन सक्छ। साथी वा नजिकको व्यक्तिसँग सावधान रहनुहोस्। कुनै पनि कागजमा नपढेर हस्ताक्षर नगर्नुहोस्। परिवारमा कलहको वातावरण सृजना हुने योग रहेको छ ।
मीन
बिना कारण घरपरिवारको गाली सुन्न पर्नेछ । आज कार्यस्थलमा लाभको अवसर बढ्नेछ। धैर्यता गुमाउँदा घरमा विवाद बढ्न सक्छ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
एनपीएलमा जनकपुरको पहिलो जित
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
प्रतिक्रिया