बिहीबार, फागुन ७, २०८२

स्वीट्जरल्याण्डबाट फर्किएर माधव नेपालले भने- राजाले गिरफ्तार गर्न खोज्दा त भागिनँ

मेरोन्यूज २०८० साउन २९ गते ११:१८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ’, नेपालले भने ।

नेपाल यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसकाे एक दिनअघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । त्यसयता उनी भागेकाे भन्दै टिका-टिप्पणी हुन थालेकाे थियाे ।

प्रतिक्रिया