बुधबार, फागुन ६, २०८२

महराको मात्र होइन, खोज्दै जाँदा मेरै नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० साउन २९ गते १४:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा जोडिएर आउने जो कोहीलाई पनि छोडन नहुने बताएका छन् । उनले पार्टीको बागमति प्रदेश कमिटिको राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेको केन्द्रीयउ सदस्यसहितको बैठकमा पार्टी नेता कृष्णबहादुर महरा मात्रै होइन, आफ्नै नाम जोडिएर आएको् भए पनि अनुसन्धान गर्न सीआईबीलाई अधिकार रहेको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कुनै पनि घटनामा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि छोड्न नहुने प्रधानमन्त्रीको भनाई थियो ।

कृष्णबहादुर महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले मेरोन्यूजसँग भने, उहाँहरुमाथी पनि अनुसन्धान हुन्छ, छोडन कसैलाई भनिएकै छैन । खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो । र उक्त प्रकरणमा माओवादी नेता भएकै कारण छानबिनमा नतानिएको भन्दै सरकारमाथी चौतर्फी प्रहार भईरहेको छ । यस्तो बेला प्रधानमन्त्रीले छानबिन हुने बताएका हुन् ।

प्रतिक्रिया